भीष्मराज आङदेम्बेको टिप्पणी: ‘अहंकारले विवेकलाई विस्थापित गरिरहेको छ’

 संवाददाता    २०८३, ७ श्रावण बिहीबार १६:०२     9 जनाले पढ़िसके



Spread the love

नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टी र संसद दुवैमा विवेक र तर्क कमजोर गएको बताएका छन्।

बिहीबार ४४औँ वीपी स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै आङदेम्बेले विवेक हराउँदा अहंकार र तर्क हराउँदा गालीगलौज हावी हुने अवस्था सिर्जना भएको बताएका हुन्।

उनले संस्थापन ईतरका नेताहरूले बुधबार आयोजना गरेको कार्यक्रममा नेताहरूले गरेको भाषणतर्फ लक्षित गर्दै कांग्रेस पार्टीभित्र पनि गालीगलौजमा उत्रिने प्रवृत्ति हावी भएको बताए।

उनले हाल संसदमा पनि सोही अवस्था रहेको बताए।