सेयर बजार १४ अंकले उकालो, कारोबार साढे ४ अर्ब रुपैयाँ

 संवाददाता    २०८३, ७ श्रावण बिहीबार १६:००     8 जनाले पढ़िसके



Spread the love

सेयरबजार बिहीबार १४.१७ अंकले बढेको छ। नेप्से उक्त अंकले बढेर २७२६.७२ विन्दुमा पुगेको हो।

यस दिन कुल ४ अर्ब ६९ करोडको सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।

योसँगै १५३ वटा सेयर १४.९९ प्रतिशतसम्म बढ्दा १११ वटा सेयर १५ प्रतिशतसम्मले घटेका छन्। १२ वटा सेयर भने अघिल्लो मूल्यमै कारोबार भएका छन्।

यस दिन अधिकतम २८ करोडसम्मको कारोबार भएको छ। बिहीबार लगानी र अन्य समूह घटे पनि बाँकी समूह बढेको नेप्सेले जनाएको छ।