कुश्मा नगरपालिका– ५ स्थित बन्जिसाईडको भिरबाट हाम फालेका व्यक्तिको शव सशस्त्र प्रहरीले निकालेको छ ।
बाग्लुङ नगरपालिका– १४, नारायणस्थान घर भएका करिव ३३ वर्षीय दीपेन्द्र नेपाली साउन ४ गते साँझ करीव ९ बजे उक्त भिरबाट हाम फालेका थिए ।
लगत्तै उनको खोजीकार्यको लागि सशस्त्र प्रहरीको नं. २५ चण्डिका गणको टोली खटिएको थियो । त्यसदिन फेला नपारेपछि पुनः मंगलबार बिहान सवा ७ बजे फेला पारेको थियो ।
शव करीव १ सय ३० मिटर तल भिरबाट झण्डै ३५ मिनेटको प्रयासमा निकालिएको सशस्त्र प्रहरीले जनाएको छ ।