पहिलो साउने सोमबार, पशुपतिनाथमा भक्तजनको ओइरो

 संवाददाता    २०८३, ४ श्रावण सोमबार १२:२३     12 जनाले पढ़िसके



Spread the love

यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ।

बिहान ३ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका खोलिएको छ। साउने झरीको पनि वास्ता नगरी भक्तजन बिहानैदेखि मन्दिरमा दर्शनका लागि पशुपतिनाथ पुगेका छन्।

पशुपतिनाथको दर्शनमा आउने श्रद्धालु भक्तजनको सहज, सुरक्षित तथा व्यवस्थित दर्शन तथा विशेष पूजा व्यवस्थापनको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।