भारतको ककरोच जनता पार्टी (सीजेपी) ले सोमबार राजधानी दिल्लीमा आयोजना गरेको ‘चलो संसद्’ मार्चमा प्रहरीले लाठी प्रहार गरेको छ।
जन्तरमन्तरमा उपस्थित बीबीसी हिन्दीका संवाददाता दिलनवाज पाशाले त्यहाँ बिहानदेखि नै ठुलो भेला भएको बताएका छन्।
समाचार एजेन्सी एएनआईले सार्वजनिक भिडिओमा र्यापिड एक्सन फोर्स (आरएएफ) का कर्मचारीले केही समर्थकलाई तितरबितर पार्न लाठी प्रयोग गरेको देखिन्छ।
साथै प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झगड भएको तस्बिर पनि सार्वजनिक भएको छ।
दिल्ली प्रहरीले सीजेपीले मार्चका लागि कुनै अनुमति नदिइएको बताएको छ।