श्रीलंकाबाट फर्किए प्रचण्ड

 संवाददाता    २०८३, ३ श्रावण आईतवार १६:३०     39 जनाले पढ़िसके



Spread the love

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । श्रीलंकाको तीन दिने भ्रमण सकेर आज नेपाल फर्किएका हुन् ।

प्रचण्ड कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको कोलम्बोमा आयोजित कार्यक्रममा सहभागी भएका थिए।

प्रचण्डसँग पार्टीका नेताहरू बलराम बास्कोटा, बलदेव चौधरी, दामा शर्मा, माधव पन्त र गङ्गा दाहाल गएका थिए। प्रचण्ड फर्किएपछि प्रदेश सरकारबारे नयाँ समीकरण बन्ने चर्चा छ। कांग्रेस-एमाले तिक्तताले गर्दा प्रदेश सरकारमा नेकपा निर्णायक बनेको छ ।

नेकपाले अहिले दुवै पार्टीसँग समानान्तर छलफल अघि बढाएको छ।