देशभर बाढी–पहिरोको प्रभाव, ८ सडक बन्द, २ मा एकतर्फी यातायात

 संवाददाता    २०८३, २९ असार सोमबार ११:५१     15 जनाले पढ़िसके



Spread the love

वर्षापछि बाढी-पहिरो जाँदा आज देशका विभिन्न ८ वटा सडक अवरुद्ध भएका छन्। त्यसैगरी दुईवटा सडकमा एकतर्फी मात्रै सवारी चलिरहेका प्रहरीले जनाएको छ।

मेची राजमार्गमा पर्ने इलामको इलाम नगरपालिका- ९ राजदुवालीमा सडक अवरुद्ध हुँदा अहिले झापा-ताप्जेजुङ सडक पूर्ण र”पमा अवरुद्ध भएको छ। उक्त सडक अवरुद्ध हुँदा बैकल्पिक बाटोबाट सवारी चलेका प्रहरीले जनाएको छ।

त्यसैगरी सम्भावित बाढीको कारण बीपी राजमार्ग पनि अहिले अवरुद्ध छ।

त्यसैगरी पहिरोको कारण कान्ती लोकपथ पनि अवरुद्ध छ।

मकवानपुरको भिमफेदी गाउँपालिका- ८ भर्याङडाँडामा सडक अवरुद्ध हुँदा कान्ती लोकपथ अहिले पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

त्यसैगरी अरनिको राजमार्ग, पोखरा-ताङतिङ सडक, घोराही-रुकुम शहीद मार्ग, सालझण्डी-ढोरपाटन सडक र मदन भण्डारी राजमार्ग पनि बाढीपहिरोले पूर्णरूपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ।

त्यसैगरी भोजपुरमा मध्यपहाडी राजमार्ग र पाल्पामा सिद्धार्थ राजमार्गमा बाढी पहिरोजाँदा एकतर्फी मात्रै गाडी चलेका छन्।

हेर्नुहोस् अवरुद्ध र एकतर्फी सडकको सूची