हिजोको वृद्धिपछि आज सुनको मूल्य घट्यो, चाँदीमा पनि ठूलो गिरावट

 संवाददाता    २०८३, २९ असार सोमबार १२:०४     20 जनाले पढ़िसके



Spread the love

हिजो बढेको सुनको भाउ आज घटेको छ।

सुनको भाउ आज तोलामा २ हजार ८ सय रुपैयाँ घटेर २ लाख ८५ हजार २ सयमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो तोलामा ६ सय बढेर सुनको भाउ २ लाख ८८ हजार पुगेको थियो।

त्यसैगरी चाँदीको भाउ तोलामा १ सय रुपैयाँ घटेर ४ हजार ३ सय ७५ रुपैयाँमा झरेको छ। हिजो चाँदीको भाउ ३५ रुपैयाँ घटेर ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको थियो।

दुई दिनमा चाँदीको भाउ तोलाको १ सय ३५ रुपैयाँ घटेको छ।

गएको माघ १५ गते सुनको भाउ तोलामा २० हजार पाँचसय रुपैयाँ बढेर तीन लाख ३९ हजार तीनसय रुपैयाँ पुगेको थियो। नेपाली बजारमा सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।