नेकपा एमालेको सांसद क्षितिज थेबेले आज आफूहरूले विरोधका निम्ति विरोध नगरेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रियताको विषय आज नबोले इतिहासले माफ नगर्ने बताए।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले दिनुभएको यो अभिव्यक्तिलाई तुरुन्त निरूपण गर्नुपर्नेछ। उहाँले सदनमार्फत मुलुक र जनताप्रति भुलचुक माफी मागेर आफ्नो अभिव्यक्ति सच्याएर अगाडि बढ्नुपर्छ।’
उनले आर्थिक विधेयक भएको चलखेलप्रति पनि प्रश्न उठाए।
उनले भने ‘यति धेरै ठुलो चलखेल भएछ, यसलाई क्यासमा बदल्ने हो भने त एउटा भरियाले बोक्न नसक्ने रहेछ, यो त ठुलो ट्रक चाहिन्छ रहेछ। संसदमा दर्ता भएको आर्थिक विधेयक र मन्त्रालयको वेबसाइटमा अपलोड भएको आर्थिक विधेयक फरक छ। यसलाई संसदले गम्भीर रूपमा लियोस् र अर्थमन्त्रीज्यूले नैतिक रूपले यसको जिम्मेवारी लिनुहुनेछ भन्ने ध्यानाकर्षण गराउन चाहन्छु।’