इन्डियन प्रिमियर लिग (आइपीएल) मा तहल्का मच्चाएका १५ वर्षीय किशोर वैभव सूर्यवंशीले भारतको ‘ए’ टीमबाट डेब्यू गरेका छन् । श्रीलंका ‘ए’ विरुद्धको उनको डेब्यू सुखद भने भएन ।
आईपीएलमा शानदार प्रदर्शनपछि भारतको राष्ट्रिय टी २० टिममा समेत स्थान बनाइसकेका सुर्यवंशीले ‘ए’ टीमबाट श्रीलंकामा आयोजित त्रिकोणात्मक एक दिवसीय श्रृंखला खेलिरहेका छन् । घरेलु टीमविरुद्ध आज भएको म्याचमा उनी १२ बलमा १४ रन बनाएर आउट भए । आउट हुनुअघि सूर्यवंशीले ३ चौका प्रहार गरेका थिए ।
इन्डिया ए ले खराब सुरुवात गर्दै १६ रनमा दुई विकेट गुमाएको थियो । ओपनरका रुपमा आएका सुर्यवंशीलाई मोहमद सिराजले आउट गराए । लङ अनको दिशामा ठूलो सट खेल्न खोज्दा उनी क्याच आउट हुन पुगे ।