एसियाली खेलकुद छनोटको निर्णायक खेलमा नेपाल हङकङसँग भिड्दै

 संवाददाता    २०८३, २५ जेष्ठ सोमबार ११:२९     24 जनाले पढ़िसके



Spread the love

जापानमा हुने एसियाली खेलकुद छनोटको फाइनलमा आज सोमबार नेपाली राष्ट्रिय क्रिकेट टोलीले हङकङसँग भिड्दै छ।

सिगांपुर नेसनल क्रिकेट मैदानमा हुने फाइनल खेल नेपाली समयअनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ।

सेमिफाइलमा ओमानलाई ८ विकेटले हराउँदै नेपाल उपाधि नजिक पुगेको हो।

हङकङ भने मलेसियालाई ६ विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको हो।

नेपाल र हङकङबिचका पछिल्ला पाँच भेट हेर्ने हो भने २ खेलमा हङकङ विजयी भएको छ।

एक खेलमा नेपालले नतिजा आफ्ना पक्षमा पारेको छ भने २ खेल भने नतिजाविहीन भएका थिए।

एसियाली खेलकुद छनोटबाट नेपालसँगै मलेसिया, हङकङ र ओमानले जापानमा हुने २०औँ एसियाली खेलकुद-२०२६ मा स्थान पक्का गरिसकेका छन्।

सिंगापुरमा जारी छनोट प्रतियोगिताको सेमिफाइनलमा पुगेसँगै यी चार टोलीले एसियाली खेलकुदमा स्थान बनाएका हुन्।

यी चार टोली अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंकासँगै मिसिनेछन्।

जापान भने आयोजक राष्ट्रका नाताले एसियाडमा छनोट भएको हो।

एसियाडमा पुरुष क्रिकेट सेप्टेम्बर ४ मा सुरु हुनेछ। फाइनल खेल अक्टोबर ३ मा हुनेछ।