किमसँगको भेटपछि सीको सन्देश: चीन–उत्तर कोरियाको भविष्य र भाग्य एकअर्कासँग जोडिएको छ

 संवाददाता    २०८३, २६ जेष्ठ मंगलवार ११:०९     20 जनाले पढ़िसके



Spread the love

चीनका राष्ट्रपति सी चिनफिङ उत्तर कोरियाको भ्रमणमा छन्। सन् २०१९ पछि उनी पहिलोपटक उत्तर कोरिया पुगेका हुन्।

सोमबार सीलाई उत्तर कोरियाको राजधानी प्योङयाङमा गार्ड अफ अनर दिइयो।

त्यसपछि सी र उत्तर कोरियाका नेता किम जोङ उनबिच भेटवार्ता भयो। जहाँ दुई नेताले एकअर्काप्रति सहयोग बढाउने वाचा गरे।

चीनको सरकारी समाचार एजेन्सी, सिन्ह्वाका अनुसार सीले सोमबार राति आयोजित रात्रिभोजमा भने, ‘चीन र उत्तर कोरिया पहाड र नदीले जोडिएका छन् र यिनको भाग्य पनि एउटै छ।’

साथै सीले भने, ‘किमसँग समयको अवस्था बुझ्ने र उच्च-स्तरीय सहयोगका साथै जनता-जनताबिचको सम्बन्धलाई अझ सुदृढ पार्ने विषयमा महत्वपूर्ण सहमति भएको छ।’