प्रधानमन्त्रीलाई हर्कको कडा चुनौती: सीमा अतिक्रमणको प्रमाण सार्वजनिक गर्नू

 संवाददाता    २०८३, २५ जेष्ठ सोमबार १३:२३     13 जनाले पढ़िसके



Spread the love

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीको अभिव्यक्ति अविलम्ब सच्चाइनुपर्ने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै आफूहरूले सदन अवरोध जारी राख्दा पनि प्रधानमन्त्रीले विवादित अभिव्यक्तिबारे कुनै वक्तव्य ननिकालेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘आज यहाँ उहाँ आउनु पनि भएको छैन, आउने छाँटकाँट पनि छैन। उहाँले सिमानाको बारेमा हाम्रो देशले छिमेकी मुलुकलाई कहाँ–कहाँ अतिक्रमण गरेको रहेछ, उहाँले पुष्टि गर्दिनुपर्छ। नेपाली जनतालाई सम्बोधन गरेर उहाँले त्यो आफ्नो भनाइलाई सच्याउनुपर्छ।’

उनले प्रधानमन्त्रीले सट्टा अरूले जवाफ दिएर नहुने अडान सुनाए।