लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ

 संवाददाता    २०८३, २५ जेष्ठ सोमबार १३:१०     100 जनाले पढ़िसके



Spread the love

लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठनसँगै नवनियुक्त पाँच जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

सोमबार प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिसमा नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम प्रदेश प्रमुख मगरले मन्त्रिपरिषद् पुनर्गठन गरिएका हुन्।

पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (एमाले) बाट चार जना र जनता समाजवादी पार्टीबाट एक जना मन्त्री बनेका हुन्। नवनियुक्तमन्त्रीहरू तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रामजीप्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ।

शपथ ग्रहण कार्यक्रममा मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोखबहादुर महरा, सभामुख तुलाराम घर्ती मगर, उपसभामुख मेनुका खाँड केसी लगायतको उपस्थिति रहेको थियो।