हाइपरसोनिक मिसाइल प्रयोगको विकल्पमा अमेरिका, निशानामा इरान

 संवाददाता    २०८३, १८ बैशाख शुक्रबार १२:५८     58 जनाले पढ़िसके



Spread the love

अमेरिकाले पहिलोपटक इरानविरुद्ध हाइपरसोनिक मिसाइल प्रयोग गर्ने सम्भावना देखिएको छ।

अमेरिकी केन्द्रीय कमान्ड (सेन्टकम) का कमान्डरले राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष इरानविरुद्ध सम्भावित आक्रमणका विकल्प प्रस्तुत गर्ने क्रममा हाइपरसोनिक मिसाइल प्रयोगको प्रस्ताव पनि राखेका हुन्।

फक्स न्युजका अनुसार सेन्टकम कमान्डर एडमिरल ब्राड कुपरले ह्वाइट हाउस सिचुएसन रुममा ट्रम्पसँग भेट गर्दै उक्त विकल्प प्रस्तुत गरेका हुन्।

फक्स न्युजले भनेको छ, ‘त्यस क्रममा उनले भने- सानो तर धेरै शक्तिशाली हमला सुरु गर्न सकिन्छ।’

रिपोर्टअनुसार यो आक्रमणले इरानका बाँकी सैन्य बल, नेता र महत्त्वपूर्ण पूर्वाधारलाई निसाना बनाउन सक्छ।

अमेरिकाको रक्षा मन्त्रालयले ‘डार्क इगल’ नामक हाइपरसोनिक मिसाइलसहित नयाँ र उन्नत हतियारको प्रयोग गर्नेबारे पनि विचार गरिरहेको छ।

यो मिसाइलले २ हजार माइल (लगभग ३२०० किलोमिटर) सम्म प्रहार गर्न सक्छ र इरानका बाँकी ब्यालिस्टिक मिसाइल लन्चरलाई निसाना बनाउन सक्छ।

साथै अमेरिकाले मध्यपूर्वमा बी-१बी ल्यान्सर बमवर्षक विमानको तैनाथी पनि बढाइरहेको छ। जसले हाइपरसोनिक मिसाइलसहित ठुलो मात्रामा हतियार बोक्न सक्छ।