डोजर कार्यको त्रासमा बुद्धनगर, घरका भित्तामा देखाइयो लालपूर्जा

 संवाददाता    २०८३, १८ बैशाख शुक्रबार १४:०१     106 जनाले पढ़िसके



Spread the love

काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका बासिन्दाले आफ्नो घरको भित्तामा जग्गाको लालपूर्जा र घरको नक्सा टाँसेका छन्।

वैधानिक भए पनि हुलमुलमा डोजर चल्ने डरले आफनो जग्गाको लालपूर्जा र नक्सा घरअघि टाँसेको स्थानीयले बताएका छन्। उनीहरुले सामान पनि सारेका छैनन्।

भत्काउने लाइनमै रहेका तर कागजात भएकाहरुले यसो गरेका हुन्। अनधिकृत संरचना भत्काउन बुद्धनगर क्षेत्रमा डोजर पुगिसकेको छ। अहिले विभिन्न ठाउँमा सुकुम्बासी बस्तीहरु खाली गराइरहेको छ ।

नदी किनारमा रहेको सुकुम्बासाी बस्तीमा डोजर चलेपछि जग्गाको लालपूर्जा भएका स्थानीयहरु समेत त्रसित छन् । तस्बिरहरु नेपाल फोटो लाइब्रेरी