बीपी राजमार्ग पुनः अवरुद्ध भएको छ। मंगलबार राति रोशी खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
रोशी खोलाले चौकीडाँडा, घुमाउने, नार्के, चिउरीबास, कालढुंगा, डालाबेशी, बुलढुंगा, माम्ती लगायतका ठाउँमा बनाइएका डाइभर्सन गएराति रोशीमा आएको बाढीले बगाएको हो।
राजमार्ग अवरुद्ध भएपछि बुधबार बिहानैदेखि काभ्रेको मङ्गलटार, भकुण्डे, काभ्रेभञ्ज्याङ, धुलीखेल लगायतका ठाउँमा सवारी साधन होल्ड गरिएको छ।
त्यसैगरी सिन्धुलीको नेपालथोक र खुर्कोटमा पनि सवारी साधन रोकिएका छन्।
प्रहरीले डाइभर्सना निर्माण गरेर सवारी सञ्चालन गर्न समय लाग्ने भएकाले यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ।
सडकबारे जानकारी लिनको लागि नेपाल प्रहरीको १०० वा ट्राफिक प्रहरीको १०३ नम्बमा सम्पर्क गर्न पनि प्रहरीले आग्रह गरेको छ।