बालेन सरकार गठनपछि अमेरिकी चासो, कपुर रवि लामिछानेलाई भेट्न इटालीटार पुगे

 संवाददाता    २०८३, ७ बैशाख सोमबार १३:२२     28 जनाले पढ़िसके



Spread the love

काठमाडौं ओर्लिए लगत्तै अमेरिकी उप सहायक विदेशमन्त्री समिर पल कपुरले राजनीतिक भेटवार्ता सुरु गरेका छन्।

आज बिहान काठमाडौं आइपुगेका उनलाई अमेरिकी दूतावासले स्वागत गरेको थियो। कार्यवाहक राजदूतसँग छोटो ब्रिफिङ लिएका थिए।

त्यस लगत्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटवार्ता गर्न लामिछाने निवास इटालीटारतर्फ लागेका हुन्।

लामिछाने निवास महाराजगञ्जबाट बुढानिलकण्ठ जाने बाटोमा पर्छ। याे भनेको अमेरिकी दूतावासबाट धेरै टाढाको दूरी होइन।

बालेन सरकार गठन पछि अमेरिकाको तर्फबाट भएको यो नै सबैभन्दा उच्च तहको भ्रमण हो। अमेरिकी दूतावासका अनुसार नेपालमा रहँदा उनले सरकारी अधिकारी, व्यावसायिक नेतृत्वकर्ता र सांस्कृतिक विज्ञहरूसँग पनि भेटघाट गर्नेछन्।