नेप्सेमा दोहोरो अंकको गिरावट, सीमित कम्पनीको शेयर भने बढ्यो

 संवाददाता    २०८३, ७ बैशाख सोमबार १६:०९     8 जनाले पढ़िसके



Spread the love

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १३.१७ अंकले घटेर २ हजार ८ सय २५ दशमलब २३ विन्दुमा बन्द भएको हो ।

आज ५ अर्ब ४३ करोड ४२ लाख रूपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा ६५ कम्पनीको शेयरमूल्य बढ्दा १९७ वटाको घटेको छ । बाँकी ६ वटाको शेयरमूल्य भने स्थिर रहेको छ ।

घटेको बजारमा २ कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । जसमा सुर्यकुण्ड हाइड्रोपावर इलेक्ट्रिक कम्पनी र होटल फरेस्ट इन लिमिटेड रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आजैदेखि लागूहुनेगरेर नेप्सेले १० प्रतिशतसम्म घटबढ हुने शेयरमूल्यमा वृद्धि गर्दै १५ प्रतिशत कायम गरेको थियो

त्यस्तै, दुई कम्पनीमा लगानी गर्ने लगानीकर्ताहरूले सर्वाधिक गुमाए । जसमा दोल्ती पावर कम्पनी र एनआईसी एशिया ग्रोथ फण्ड–२ रहेका छन् । यी कम्पनीको शेयरमूल्य आज ५ प्रतिशतले घटेको छ ।

नेप्सेका अनुसार होटल फरेस्ट इनको सर्वाधिक भएको छ । यस कम्पनीको आज ३६ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।