केही दिन अघि महेन्द्रमाला खबरले इच्छा होटलले गर्दा अग्रीम बुकिङ्ग गर्न ५० हजार दिएर पनि आफुले बुकिङ्गको समयमा दिएको मिति सार्न दबाब दिएको इच्छा होटल सिमरा बाराको हर्कत बारे हामीले समाचार प्रसारण गरेपछी पिडित डा. शम्भु चौधरीलाई उक्त होटलका मार्केटिङ्ग म्यानेजर घनश्याम शर्माले गाली गलौज र धम्किपूर्ण व्हाटसएप म्यासेज पठाएका छन।
उनले म्यासेजमा शम्भु चौधरीको उद्योग बन्द गरिदिने देखि बाराका सिडिओलाई सरुवा गरिदिने समेत लेखेका छन यस्तै उनले पिडितलाई अश्लिल गालीगलौज समेत गरेको प्राप्त म्यासेजमा देखिन्छ।
यसरी पर्यटन प्रवर्द्धनको संवाहक हुनुपर्ने पर्यटकिय र सेवाको व्यापारको सिद्दान्त विपरित चल्ने यस्ता कर्मचारी र होटलले नेपाली पर्यटनको बदनामी गराउने पक्का छ।
हामीली बारा जिल्ला प्रशासनका प्रवक्ता छविरमण भट्टराईसंग बुझ्दा बुकिङ्ग रद्द गरेर विवाद भएको घटना इच्छा होटलको पहिलो मात्र नभएको बताए उनले यस घटनामा होटल पक्षको सरासर गल्ती रहेको बताए।
हामीले पनि प्राप्त नगदी रसिदमा हेर्दा कतै १५% रकम कति हुने र होटल पक्षले बुझेको रकम ५१०४० पछि अगृम पेश्की वापतको रकम अरु कति हुने र कहिले सम्म दिइसक्नुपर्ने केही उल्लेख गरिएको भेटिएन।
यसरी सरसर्ती हेर्दा एक त ग्राहकहरुलाई निर्धारित तालिका परिवर्तन गर्न लगाउने,नभए रद्द गर्ने गरेर दुख त दियो दियो होटलले उल्टै आफ्ना कर्मचारी खटाएर दुर्व्यवहार गरेर गालीगलौजमा उत्रिनु तल्लो स्तरको हर्कत साथै मौजुदा कानुनको गम्भीर उल्लंघन हो।
घटना के हो बुझ्न तलको भिडियो ले मद्दत गर्नेछ।