रास्वपाका सांसद अमरेशकुमार सिंहले दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही नहुने बताएका छन्।
संसदीय सुनुवाइ समितिले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनार र मलेसियाका लागि प्रस्तावित राजदूत चूडामणि खरेलको नाम अस्वीकृत गरेपछि सांसद सिंहले यस्तो बताएका हुन्।
लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुने उनको भनाइ छ।
‘दुई तिहाइको बहुमत हुँदैमा सरकारका हरेक निर्णय सही हुन्छन् भन्ने छैन। लोकतन्त्रमा सरकारभन्दा माथि विधि, पद्धति र राष्ट्रिय हित हुन्छ’ उनले भनेका छन्, ‘राजदूत नियुक्तिजस्तो संवेदनशील विषयमा संसदीय समितिले सरकारको सिफारिसमाथि प्रश्न उठाउनु र आवश्यक परे रोक लगाउनु संसदीय निगरानीको महत्त्वपूर्ण अभ्यास हो।’
लोकतन्त्रमा बहुमतको शासन हुने भएपनि बहुमतलाई पनि जवाफदेही बनाउने व्यवस्था हुने बताएका छन्। उनले भनेका छन्, ‘यही हो लोकतन्त्रको सुन्दरता, यही हो संसदीय समितिको गरिमा!’