प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) की श्रीमती सविना काफ्लेको एपेन्डिसाइटिसको उपचार गरिएको छ।
पेट दुखेर महाराजगन्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ) मा पुगेकी काफ्लेमा एपेन्डिसाइटिस देखिएपछि शल्यक्रिया (अपरेसन) गरिएको हो।
टिचिङका वरिष्ठ शल्यचिकित्सक डा. प्रशान्त वीरसिंह कंसाकार नेतृत्वको टोलीले उनको एपेन्डिसाइटिसको सफलतापूर्वक शल्यक्रिया गरेको हो।
‘उहाँ पेट दुखेर उपचारका लागि आउनुभएको थियो, चिकित्सकले जाँच गर्दा एपेन्डिसाइटिस देखिएपछि अपरेसन गरियो’, टिचिङ अस्पतालका सहायक सूचना अधिकारी कालीप्रसाद रोसयराले भने।
आज बिहान करिब ४ बजे उनको शल्यक्रिया सम्पन्न भएको हो। चिकित्सकका अनुसार अहिले उनको स्वास्थ्य स्थिर र सामान्य छ।
पत्नीको उपचार गराउन प्रधानमन्त्री शाह आफैँ अस्पताल पुगेका थिए।