पूर्वराजा शाहको ७९औँ जन्मोत्सवमा सर्वसाधारणलाई निर्मल निवास खुला गरिने

 संवाददाता    २०८२, १३ असार शुक्रबार ०८:०१     224 जनाले पढ़िसके



Spread the love

पूर्वराजा ज्ञानेन्द्र शाहको ७९औँ जन्मोत्सव यही असार २३ गते मनाइने भएको छ।

जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिने भएको छ।

संवाद सचिवालयले आज एक विज्ञप्ति जारी गर्दै उक्त जानकारी दिएको हो। सचिवालयका अनुसार, जन्मोत्सवको दिन असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला रहनेछ।

511177463_1385022829219104_4243429897425553952_n