आशिष गजुरेल
बनिसकेपछि पो थाहा भयो ग्वार्को ओभरपासमा सडक बत्ति नै राख्न बिर्सेछ, रातको समयमा थप दुर्घटनाको जोखिम ? जोखिमबाट वच्न के गर्ने ?
असार ०६, २०८२ बाट सम्माननीय प्रधानमन्त्री ज्यू बाट समूदघाटन भइ संचालन मा रहेको ग्वार्को ओभरपास नेपालमा पहिलो ओभरपास भएको हुँदा, मानिसहरुको भिडियो, तस्बिर, रील्स वा टिक टक बनाउनेको भिड लाग्नु नौलो होइन । पैदलयात्री, साइकल यात्री, मोटरसाइकल यात्री र सवारीयात्री सबै को भिड लागेको छ । सबै ओभर पासको साइड वा बिच्चमा उभिएर वा बसेर वा पोज दिएर भिडिओ र तस्बिर लिइरहेका छन्। जुन जोखिमपूर्ण छ ।
गुडेका सवारीले भिडियो वा तस्बिर लिने ब्यक्तिहरुलाई ठक्कर दिएर घाइते बनाउने वा मृत्यु समेत हुनसक्ने जोखिम छ।
साइकल यात्री, मोटरसाइकल यात्री र सवारीयात्री आफ्नो सवारी ओभरपास को साइडमा पार्किङ्ग गरि भिडिओ र तस्बिर लिइरहेका छन् । यसले गुड्ने सबारीलाई पनि समस्या परेको छ भने, पार्किंग गरेका सवारी मा गुडिरहेका सवारी ठोक्किने जोखिम पनि उत्तिकै छ |
त्यसैले सचेतता अपनाउन निम्न कुराहरुमा ध्यान दिने
१. पैदलयात्रीले साइडमा सतर्क भएर भिडिओ र तस्विर लिने र जति सक्दो चाडो ओभरपास बाट निस्कने।
२. साइकल यात्री, मोटरसाइकल यात्री र सवारीयात्री आफ्नो सवारी अन्तै सुरक्षित पार्किंग गरि ओभर पासमा भिडीओ र तस्बिर खिच्न आउने।
३. साइकल यात्री, मोटरसाइकल यात्री र सबरीयात्रीले आफ्नो सबारी ओभर पासमा पार्किंग नगर्ने |
४. ग्वार्को चोकको सडक को क्षमता ओभर पासले वृद्धि भएको हुदा, सबारी चालकले तिब्रगति मा सवारी चलाउने सम्भावना धेरै हुदा, भिडियो र तस्बिर लिने मानिस सतर्क हुनु पर्छ |
५. साइकल यात्री, मोटरसाइकल यात्री र सवारीयात्री आफ्नो सवारी ओभर पास मा पार्किंग गर्दा, गुडिरहेका सवारीले ठक्कर दिने सम्भावना ज्यादा हुन्छ |
६. चक्रपथको गति ५० किमी/घण्टा सिमित गरिएको हुदा, चालक ले खाली ओभरपास देखेर सबारी तिव्रगतिमा गुडाउनु हुन्न |
७. ओभरपासले गर्दा चालकले सबारी तिव्र गति मा गुडाउने सम्भावना हुदा, ट्राफिक प्रहरीले जनचेतना र कारवाही लाई प्रभावकारी बनाउनु पर्छ |
८. ओभर पास प्रयोगकर्ताले पूर्ण ट्राफिक नियम पालना गरौ, नत्र ओभरपासले यातयात सहज बनाउने भन्दा मानिस को ज्यान लिने खतरा हुन्छ।
९. ट्राफिक प्रहरीले केहि दिन थप सतर्कता र नियमन गर्नु अत्यन्त जरुरि छ।