अख्तियारले दायर गरेको मुद्दामा पार्टीका शीर्ष नेताहरूसहित कानुनविद्हरूसँग छलफल;

 संवाददाता    २०८२, २४ जेष्ठ शुक्रबार ०७:२२     302 जनाले पढ़िसके



Spread the love

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफू विरुद्ध अख्तियारले दायर गरेको मुद्दामा पार्टीका शीर्ष नेताहरूसहित कानुनविद्हरूसँग छलफल गरेका छन् ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय, आलोकनगरमा नेता नेपालले यस्तो छलफल गरेका हुन् । बैठकपछि एकीकृत समाजवादीले अख्तियारको यो निर्णयलाई प्रतिशोधपूर्ण भनेको छ ।

अध्यक्ष नेपालले पनि प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गबाट मुद्दा आफूमाथि मुद्दा दायर भएको जिकिर गरेका छन् । ‘नबिराउनू, नडराउनू’, बैठकमा अध्यक्ष नेपालले भनेका थिए ।

nekapa