‘सरकारले शिक्षकहरुलाई विद्यालय फर्किने वातावरण बनाओस्’

 संवाददाता    २०८२, १६ बैशाख मंगलवार १५:०४     139 जनाले पढ़िसके



Spread the love

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकहरुलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रुपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै सांसद खतिवडाले शिक्षकहरु कांग्रेस, एमाले र माओवादीका मात्र नभई समग्र देशका भएको उल्लेख गर्दै शिक्षकका माग सम्बोधन गर्न सरकार गम्भिर हुन जरुरी रहेको बताए ।सांसद खतिवडाले शिक्षकहरुका जायज माग सम्बोधन गर्ने विषयमा नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले संसदमा जवाफ दिने वातारण बनाउनुपर्नेमा जोड दिए ।

खतिवडाले गभर्नर नियुक्त नभएर अर्थतन्त्रमा परेको असरबारे व्याख्या गर्नै नसक्ने स्थिति सिर्जना भएको भन्दै सरकारले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेर गभर्नर नियुक्त गर्नुपर्ने बताए ।