काठमाडौँमा हुने भनिएको दुर्गेशको कन्सर्ट कक्षा १२ का विद्यार्थीको म्यासेजले रोकियो

 संवाददाता    २०८२, १६ बैशाख मंगलवार १४:२२     97 जनाले पढ़िसके



Spread the love

काठमाडौँमा हुने भनिएको गायक दुर्गेश थापाको कन्सर्ट स्थगन गरिएको छ।

यही वैशाख १८ गते बोद्धस्थित हायात ग्राउन्डमा हुने भनिएको उनको सांगीतिक कार्यक्रम रोकिएको हो।

आयोजक ट्राइएङल इन्कका प्रमुख कार्यकारी आशिष दाहालले कक्षा १२ का केही विद्यार्थीबाट म्यासेज आइरहेकाले कन्सर्टको मिति सार्ने निर्णय गरिएको बताए।

तर उनले अर्को मितिबारे बताएनन्।

विद्यालय शिक्षा ऐन जारी गरिनुपर्ने मागसहित काठमाडौँमा चैत २० देखि जारी शिक्षक आन्दोलनका कारण वैशाख ११ गते गर्ने भनिएको कक्षा १२ को वार्षिक परीक्षा पनि वैशाख २१ का लागि सारिएको छ।

काठमाडौँमा हुने भनिएको कन्सर्टकै तयारीका लागि भनेर दुर्गेश अन्य स्टेज कार्यक्रममा पनि गएका थिएनन्।

तर कन्सर्ट सारिएपछि उनी सोमबार हेलिकप्टरमार्फत गुल्मी महोत्सवमा पुगेका थिए।

पछिल्लो समय दुर्गेशको दुस्मन हेरेको हेर्‍यै गीत चर्चामा छ।

ग्लोबल ट्रेन्डिङसम्मको यात्रा तय गरेको यस गीतले युट्युबमा ७ करोडभन्दा बढी भ्युज पाइसकेको छ।