प्रधानमन्त्रीको भारत भ्रमण अनिश्चित, भ्रमणको मिति नतोकिएको परराष्ट्रको भनाइ

 संवाददाता    २०८३, १४ कार्तिक शुक्रबार १५:२२     15 जनाले पढ़िसके



Spread the love

परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणको मिति तय नभएको जनाएको छ।

परराष्ट्र मन्त्रालयले आज आयोजना गरेको पत्रका सम्मेलनमा बोल्दै प्रवक्ता लोकबहादुर पौडेल आवश्यक तयारी भइरहेपनि मिति तय नभएको बताए।

उनले भने, ‘दुवै पक्षलाई अनुकूल हुने समयमा प्रधानमन्त्रीको भारत भ्रमण हुने गरी आवश्यक तयारी भइरहेको छ। भ्रमणको मिति भने अझै तय भइसकेको छैन। उपयुक्त समयमा मिति तय गर्छौँ।’

प्रधानमन्त्रीको भारत भ्रमण विगतको जस्तै नियमित हुने नै बताए। भ्रमणको एजेन्डा दुवै पक्षको समन्वयमा तय हुने पनि बताए।