घाइते शिक्षक-कर्मचारीमध्ये १२ जनाको अवस्था ‘चिन्ताजनक’: शिक्षक महासंघ

 संवाददाता    २०८२, १५ बैशाख सोमबार १०:४३     100 जनाले पढ़िसके



Spread the love

नेपाल शिक्षक महासंघले आइतबार काठमाडौँको बानेश्वरमा प्रहरीसँग भएको झडपमा घाइते भएका ६२ शिक्षक-कर्मचारीमध्य झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको बताएको छ।

महास‌ंघले विज्ञप्ति जारी गरी घाइते शिक्षक-कर्मचारीमध्ये झन्डै १२ जनाको अवस्था निकै चिन्ताजनक रहेको उल्लेख गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘बानेश्वरमा भएको प्रहरी आक्रमणबाट ६२ जना शिक्षक-कर्मचारी तथा केही सञ्चारकर्मी घाइते भएका छन्। तीमध्ये झण्डै १ दर्जनको अवस्था निकै चिन्ताजनक छ। हामी सबै घाइते साथीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ। साथै यो घटनामा घाइते भएको सबैको उपचारको जिम्मा लिन सरकारसँग जोडदार माग गर्दछौँ।’