१६ प्रहरी सम्पर्कविहीन

 संवाददाता    २०८२, १० बैशाख बुधबार ११:१७     104 जनाले पढ़िसके



Spread the love

एकजना प्रहरी सहायक हबलदारसहित नेपाल प्रहरीका १६ जना प्रहरी कर्मचारीलाई एक साताभित्र सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले आग्रह गरेको छ।

प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै १६ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरुलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो।

गैर हाजिर हुनेमा ए सहायक हबलदार, १४ जना प्रहरी जवान र एक जना कार्यालय सहयोगी छन्।