भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु

 संवाददाता    २०८२, १० बैशाख बुधबार ०९:३१     75 जनाले पढ़िसके



Spread the love

डोटीस्थित भीमदत्त राजमार्गअन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा मिनीट्रक दुर्घटना भएको छ ।

दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएका जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख विनोद शर्माले जानकारी दिए । ।

धनगढीबाट बझाङतर्फ गइरहेको सुपप्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक आज बिहान दुर्घटना हुँदा चालक अर्जुन धामीसहित तीन जना मृत्यु भएको हो ।