हुन्डी कारोबारमा संलग्न चिनियाँ नागरिक झन्डै २१ लाख नगद सहित पक्राउ

 संवाददाता    २०८१, २० चैत्र बिहीबार १८:४५     109 जनाले पढ़िसके



Spread the love

हुन्डी कारोबारमा संलग्न एक जना चिनियाँ नागरिक झन्डै २१ लाख नगद सहित पक्राउ परेका छन् । चिनियाँ नागरिक २६ वर्षीय रिक्शे वाङ्मोलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

राजधानीको महाबौद्ध क्षेत्रमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले उनको साथबाट २० लाख ९२ हजार नगद फेला पारेसँगै नियन्त्रणमा लिइएको हो ।

उनी विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।