भक्तपुरमा एक युवाको हत्या, २ आरोपित पक्राउ

 संवाददाता    २०८१, ११ चैत्र मंगलवार १७:५६     188 जनाले पढ़िसके



Spread the love

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ बस्ने ३२ वर्षीय लक्ष्मण खड्काको हत्या भएको खुलेको छ ।

हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सर्लाही लालबन्दी नगरपालिका–९ घर भएका ३९ वर्षीय यादब पौडेल र सिन्धुली तीनपाटन गाउँपालिका–३ चकमके घर भएका २४ वर्षीय अनिश तामाङ रहेका छन् ।

 

पक्राउ परेका दुई जनाको कुटपिटबाट खड्काको हत्या भएको प्रहरीको भनाइ छ । मध्यपुर थिमी नगरपालिका–२ सानोठिमी मगरगाउँ जाने सडकको छेउमा गत फागुन २७ गते बिहान अचेत अवस्थामा फेला परेका थिए ।

राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । पक्राउ परेकाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत भक्तपुरबाट ५ दिन म्याद थप लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।