निलबाराही जङ्गलमा मृत फेला परेका राईको हत्या भएको खुलासा

 संवाददाता    २०८१, ११ चैत्र मंगलवार ११:३५     82 जनाले पढ़िसके



Spread the love

गत आइतबार भक्तपुरको बोडे निलबाराही जङ्गलमा मृत फेला परेका खोटाङ घर भई हाल भक्तपुरको कमलपोखरी बस्ने प्रकाश राईको हत्या भएको खुलासा भएको छ ।

खाली प्लास्टिक बोतल टिप्ने ६६ वर्षीय राईलाई रोल्पाका ५७ वर्षीय हिमाल बुढामगरले ढुङ्गाले टाउकोमा प्रहार गरी मारेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ ।

बुढामगरले आफूहरू दुबै मिलेर रक्सी सेवन गरेको र घर फर्किने क्रममा राईले आफ्नो सय रुपैयाँ खोसेपछि झगडा भएको बताएका छन् । सो क्रममा आफूले ढुङ्गा प्रहार गरी हत्या गरेको बुढामगरले बयान दिएका छन् ।