विभिन्न कार्यक्रम गरी मनाईयो ग्याल्पो ल्होसार

 संवाददाता    २०८१, १६ फाल्गुन शुक्रबार १६:४८     77 जनाले पढ़िसके



Spread the love

काठमाडौं । फागुन शुक्ल प्रतिपदाका दिन हरेक वर्ष मनाइने ग्याल्पो ल्होसार आज विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१ सय ५२ औँ ग्याल्पो ल्होसार मनाइरहेका हुन । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । शेर्पा समुदायले आज आफ्नो परम्परा, रितिरिवाजअनुसार विभिन्न सांस्कृतिक कार्यक्रमहरु गरेर ग्याल्पो ल्होसार मनाइरहेका हुन ।

मुसा, गाई, बाघ, खरायो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन शुरू गरिएको हो । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्दछन ।

विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो ।

पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।