प्युठानमा १ सय ७२ किलो नक्कली मह नष्ट

 संवाददाता    २०८१, १३ फाल्गुन मंगलवार १२:०७     100 जनाले पढ़िसके



Spread the love

फागुन १३ गते । प्युठानमा प्रहरीले बरामद गरेको १७२ किलो ७ ग्राम नक्कली मह नष्ट गरिएको छ ।

माघ १४ गते बुटवलबाट रोल्पा जाँदै गरेको ना ४ ख ७३४६ नम्बरको बसबाट प्रहरीले अखाद्य मह जस्तो देखिने पदार्थ नियन्त्रणमा लिई परीक्षणका लागि नेपालगन्ज पठाएको थियो। परीक्षणपछि सरकारले तोकेको मापदण्ड नपुगेको पुष्टि भएपछि घरेलु तथा साना उद्योग कार्यालय प्युठानले प्रहरी र सम्बन्धित निकायको रोहवरमा खाल्डो खनेर नष्ट गरेको निमित्त उद्योग अधिकृत मनि बहादुर गुरुङले जानकारी दिनुभयो ।

बरामद नक्कली महको बजार मूल्य १ लाख ३ हजार ६२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।