धादिङमा जन्ती पुर्याएर फर्किएको बस आज बिहान काभ्रेको तेमाल गाउँपालिका-३ स्थित कुँडालमा दुर्घटना हुँदा बसका साहुको मृत्यु भएको छ भने अर्का चालक गम्भीर घाइते भएका छन्।
काभ्रे प्रहरीका अनुसार धादिङमा जन्ती पुर्याएर फर्किंदै गरेको ना ४ ख ८८१७ नम्बरको खाली बस आज बिहान कुँडालस्थित सडकमा घुम्तीमा ब्याक गर्ने क्रममा २ सय मिटर खसेको हो।
दुर्घटनामा काभ्रेकै तेमाल गाउँपालिका-१ का बस साहु चालक ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षकै कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्।
हाल उनको उपचार धुलीखेल अस्पतालमा भइरहेको काभ्रे प्रहरीले जानकारी दिएको छ।