विराटनगरमा रहेको एक शोरुमबाट कार चोरी भएको छ। कारको ढोका फुटाएर चोरिएको कार सुनसरीको छिटाहाबाट नियन्त्रणमा लिइएको हो।
ढोका फुटाएर फोडेर गाडी चोरेर भागेको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
कार राति करिब २ बजेतिर चोरी भएको प्रहरीले जनाएको छ। चाबी घर्रामा राखिएको अवस्थामा त्यही चाबी लिएर चोरले गाडी लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमरियाले जानकारी दिए।