स्टिल र आल्मुनियमको भन्सार तोक्दै ट्रम्पले भने: यो अमेरिकालाई फेरि धनी बनाउने सुरुवात हो

 संवाददाता    २०८१, २९ माघ मंगलवार १०:५६     77 जनाले पढ़िसके



Spread the love

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले स्टिल र आल्मुनियममा २५ प्रतिशत भन्सार महसुल तोकेका छन्।

उनले अन्य देशबाट अमेरिकामा आयात हुने स्टिल र आल्मुनियममा २५ प्रतिशत भन्सार शुल्क लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्।

‘यो ठूलो कुरा हो’, कार्यकारी आदेशमा हस्ताक्षरपछि ट्रम्पले भने, ‘यो अमेरिकालाई फेरि धनी बनाउने सुरुवात हो।’

बीबीसीका अनुसार ट्रम्पले स्टिल र आल्मुनियममा लगाइएका भन्सार शुल्क सबै देशका लागि लागू हुने बताएका छन्।

उनले भने, ‘स्टिल र आल्मुनियम हाम्रै देशमा बन्नुपर्छ, विदेशी भूमिमा होइन।’

ट्रम्पलाई भन्सार महसुलले उपभोक्ताहरूका लागि मूल्य बढाउँछ कि भनेर सोधिएको थियो।

जवाफमा उनले भने, ‘अन्ततः यो सस्तो हुनेछ।’

स्टिलमा क्यानडा र मेक्सिको अमेरिकाका सबैभन्दा ठूला साझेदार देश हुन् भने क्यानडा अमेरिकालाई आल्मुनियमका लागि सबैभन्दा ठूलो आपूर्तिकर्ता हो।