दोलखामा दिउसै शिक्षिकामाथि खुकुरी प्रहार गर्ने प्रयास

 संवाददाता    २०८१, २९ माघ मंगलवार १०:३५     129 जनाले पढ़िसके



Spread the love

दोलखाको वैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका उषा तामाङ लामामाथि आक्रमण भएको छ ।शिक्षिका तामाङमाथि बाटोमा कुरेर बसेका भीमेश्वर नगरपालिका ५ का सुन्दर अधिकारीले खुकुरी देखाएर हातपात र आक्रमण गरेका हुन् । शिक्षिका तामाङलाई आज बिहान विद्यालयबाट निस्किने क्रममा आक्रमण गरिएको हो । आफु विद्यालयबाट निस्किए लगत्तै बाटोमा ढुकेर बसेका अधिकारीले हुत्ताएर लडाउनुका साथै खुकुरी निकालेर ज्यान मार्ने प्रयास गरेको शिक्षिका तामाङले बताउनुभयो ।आक्रमण गर्ने अधिकारी शिक्षिका तामाङकै फुपुको छोरा रहेको खुुलेको छ । तामाङको हजुरआमाको नाममा रहेको जग्गा अधिकारीले जानकारी विनै आफ्नो नाममा नामसारी गरेपछि सो विषयमा अदालतमा मुद्धा दायर भएको थियो ।शिक्षिका तामाङको परिवारले दायर गरेको सो मुद्धा अदालतमा विचाराधिन रहेका बेला अधिकारीले हातपात र आक्रमण गर्दै खुकुरी प्रहार गर्ने प्रयास गरेका हुन् । सो जग्गाको विषयमा उच्च अदालतमा मुद्धा दायर गरिएपछि अधिकारीले मुद्धा फिर्ता लिन धम्की दिँदै गाली गलौज र हातपातका साथै आक्रमण गरेको पीडित तामाङले बताउनुभयो । शिक्षिका तामाङमाथि आक्रमण भएपछि स्थानीयले प्रतिकार गर्दै उनलाई बचाएका थिए ।आफुमाथि आक्रमण भएपछि आजै जिल्ला प्रहरी कार्यालयमा आएर किटानी जाहेरी दिएको शिक्षिका तामाङले बताउनुभयो । तामाङ आज बिहान वैतेश्वर गाउँपालिका–६ नाम्दुस्थित वैतेश्वर माविको गेटबाट निस्कने क्रममा आक्रमण भएको थियो ।