एक हजार ४ सयले बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा कारोबार हुँदैछ ?

 संवाददाता    २०८१, २८ माघ सोमबार १२:४४     82 जनाले पढ़िसके



Spread the love

काठमार्डौ । कारोबार हुने साताको दोस्रो दिन नेपाली बजारमा सुन चाँदीको मूल्यमा भारि वृद्धि भएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६९ हजार ६ सय रुपैयाँमा किनबेच भईरहेको छ । आईतबार छापावाल सुन प्रतितोला १ लाख ६८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १ हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ ।