काठमाडौं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले आयात गर्ने सम्पूर्ण स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने बताएका छन । एनएफएल सुपर बाउलमा सहभागी हुन जाने क्रममा विमानमा पत्रकारहरुसँग कुरा गर्दैै उनले कर स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउने बताएका हुन ।
करबृद्धि सम्बन्धी आज नयाँ घोषणा हुने राष्ट्रपति ट्रम्पको भनाइ छ । ट्रम्पले अमेरिकी वस्तुमाथि कर लगाउने जुनसुकै मुलकलाई सोही अनुपातमा पारस्पारिक कर लगाउने चेतावनी समेत दिएका छन । घोषणाले अमेरिकाबाट फाइदा लिने मुलुकलाई असर पर्ने तर निरन्तर कर बुझाइरहेका मुलुकलाई खासै असर नपर्ने ट्रम्पको भनाइ छ ।
राष्ट्रपति ट्रम्पले गाजालाई अमेरिकाको स्वामित्वमा राख्ने आफ्नो प्रतिबद्धतालाई दोहोर्याएका छन । ट्रम्पले आफ्नो पहिलो कार्यकालमा समेत स्टिलमा २५ र आल्मुनियममा १० प्रतिशत कर लगाएका थिए । तर, पछि क्यानडा, मेक्सिको र ब्राजिललगायत थुप्रै व्यापारिक साझेदारलाई कर मुक्त कोटा प्रदान गरिएको थियो ।
अमेरिकामा स्टिल आयातको सबैभन्दा ठूलो स्रोत क्यानडा, ब्राजिल र मेक्सिको पछि दक्षिण कोरिया र भियतनाम रहेका छन । सन् २०२४ मा क्यानडाले ७९ प्रतिशत आल्युमिनियम अमेरिका पठाएको क्यानडालाई नयाँ नीतिले असर पार्ने अनुमान छ ।