शुक्रबार घटेको सुनको मूल्य आज बढ्यो

 संवाददाता    २०८१, २७ माघ आईतवार ११:४६     92 जनाले पढ़िसके



Spread the love

गएको शुक्रबार घटेको सुनको मूल्य आज थोरै बढेको छ। सुनको मूल्य आज प्रतितोला एकसय रुपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ६८ हजार दुईसय रुपैयाँ कायम भएको छ। गत साताका तीन दिनमा पाँच हजार सातसय रुपैयाँ बढेको सुनको मूल्यमा शुक्रबार प्रतितोला चारसय रुपैयाँ घटेको थियो।

शुक्रबार सुन तोलाको एक लाख ६८ हजार एकसय रुपैयाँमा किनबेच भएको थियो।

चाँदीको मूल्य भने आज प्रतितोला १५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ६० रुपैयाँमा किनबेच भइरहेको छ।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो।

गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।