काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार पनि सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको छ ।
आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन भने सुन एक लाख ६६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी बुधबार तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार तोलामा १ हजार ९ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।