काठमाडौं । कारोबार हुने साताको चौथौ दिन बुधबार पनि सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा आज छापावाल सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँ बढेको हो ।
बुधबार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९ सय रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा १ लाख ६४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य बढेर तोलामा १ हजार ९७५ रुपैयाँमा किनबेच भइरहेको छ ।