युरोपेली संघमा पनि ‘छिट्टै’ कर लगाउने ट्रम्पको घोषणा

 संवाददाता    २०८१, २१ माघ सोमबार १५:३३     170 जनाले पढ़िसके



Spread the love

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली संघलाई पनि ‘छिट्टै’ कर लगाइने बताएका छन्।

युरोपेली संघले अमेरिकाबाट फाइदा उठारहेको तर आफ्नो देश घाटामा रहेको दाबी उनले गरेका छन्।

‘उनीहरू हाम्रा गाडी लिँदैनन्, हाम्रा कृषि उत्पादन किन्दैनन्, हामीबाट लगभग केही पनि लिँदैनन्’, राष्ट्रपति ट्रम्पले भने, ‘हामी भने उनीहरूबाट लाखौँ कारदेखि ठूलो मात्रामा खाद्यान्न र कृषि उत्पादनसम्म सबै कुरा लिन्छौँ।’

युरोपेली संघमा कर लगाउने समयसीमा छ कि छैन भनेर बीबीसीले सोध्दा ट्रम्पले भने, ‘म समयसीमा छ भन्न सक्दिनँ, तर यो चाँडै हुनेछ।’

राष्ट्रपति ट्रम्पले विश्वका लगभग सबै देशले अमेरिकालाई धोका दिएको आरोप पनि लगाए। उनले भने, ‘हामी लगभग सबै देशसँग घाटामा छौँ र हामी यसलाई परिवर्तन गर्नेछौँ। यो ठीक होइन।’