ब्याट्री क्षमता बढाएर टाटा नेक्सन ‘के थ्री’ नेपालमा सार्वजनिक

 संवाददाता    २०८१, २० माघ आईतवार १६:२२     207 जनाले पढ़िसके



Spread the love

टाटा नेक्सन ‘के थ्री’ ब्याट्री क्षमता बढाएर नेपालमा ल्याइएको छ।

आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले वास्तविक रेन्ज बढाएर काठमाडौंमा ल्याएको हो।

३० किलोवाट आवर ब्याट्रीबाट आफ्नो उत्पादन बजारमा ल्याएको नेक्सनले ४५ किलोवाट आवर क्षमतामा पुर्‍याएको छ। सुरुमा सार्वजनिक गरिएको गाडीले २४० देखि २६० किमिसम्म रेन्ज दिने गरेकोमा अहिले कम्तीमा ३२५ दिने सिप्रदीले जनाएको छ।

नेपाली बजारमा ठूलो ब्याट्री रेन्जका गाडी भित्रिएसँगै कम्पनीले प्रतिस्पर्धा गर्नका लागि ब्याट्रीको क्षमता र नयाँ फिचर्स थपेर नेपालमा ल्याएको छ। सिप्रदी ट्रेडिङले आइतबारबाट गाडीको बुकिङ खुल्ला गरेको छ। ९८ किलोवाट मोटर ब्याट्री भएको गाडीमा ४५ किलोवाट आवरको ब्याट्री रहेको छ।

२०७८ साउनमा पहिलो पटक काठमाडौंमा सार्वजनिक गरिएको थियो। नेपाली सडकमा सबैभन्दा बढी कुन्दे एसयूभीमा नेक्सन ईभी पर्छ। नयाँ ल्याइएको गाडीमा ३ वटा ड्राइभिङ मोडहरु छन्। हाल ४९ लाख ९९ हजारमा बुकिङ गरिरहेको गाडी फेब्रुअरी अन्तिमबाट डेलिभरी दिने कम्पनीको तयारी छ।नयाँ नेक्सन ठूलो पानारोमिक सनरुफ, आधुनिक ड्यासबोर्ड, ३६० डिग्री क्यामेरासहित नेपालमा सार्वजनिक भएको छ। गाडीमा ४ तहको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम राखिएको छ। गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएम छ। बुट स्पेर ३५० लिटर छ। भारत एनक्याप सुरक्षा रेटिङमा ५ स्टार पाएको छ।