विराटनगरको रानीबाट ३८ वटा मानव कंकालसहित एकजना पक्राउ

 संवाददाता    २०८१, २० माघ आईतवार १३:५३     200 जनाले पढ़िसके



Spread the love

विराटनगरको रानीबाट ठूलो मात्रामा मानव खप्पर र नलीखुट्टासहित एकजनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ।

बिहान भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा रानीस्थित २ नम्बर ढाटबाट ३८ वटा मानव कंकाल खप्पर र १० वटा नलीखुट्टासहित एकजनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–१७ का विनोद राय भएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्ति भरतबाट नेपालतर्फ आउने क्रममा रिक्सामा खानतलासी गर्दा ठूलो परिमाणमा कंकाल खप्पर र नली खुट्टा बरामद गरेको शसस्त्र प्रहरी इलाका प्रहरी कार्यालय, रानीले जनाएको छ। पक्राउ परेका व्यक्तिले ती कंकालहरू के प्रयोजनका लागि कहाँ लैजान लागेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।