३ दिनदेखि सुनको मूल्यमा लगातार गिरावट

 संवाददाता    २०८१, १५ माघ मंगलवार ११:३१     103 जनाले पढ़िसके



Spread the love

आइतबार र सोमबार घटेको सुनको मूल्य आज (मंगलबार) थप घटेको छ। सुन आज तोलामा नौसय रुपैयाँ घटेको हो। हिजो सुनको मूल्य तोलामा तीनसय र आइतबार दुईसय रुपैयाँ घटेको थियो।

मूल्य घटेर आज सुन तोलाको एक लाख ५९ हजार दुईसय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

हिजो सुनको मूल्य तोलाको एक लाख ६० हजार एकसय रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि तोलाको १५ रुपैयाँ घटेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार आठसय ३५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य प्रतितोला एक हजार आठसय ५० रुपैयाँ थियो।

गएको मंसिर तेस्रो साता सुनको मूल्य दुई दिनमै तोलामा साढे १८ हजार रुपैयाँ घटेको थियो। गत कात्तिक १५ गते सुनको मूल्यले हालसम्मकै महँगो कीर्तिमान बनाएको थियो। त्यो दिन सुन प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो। सरकारले भन्सारदर घटाएपछि सुनचाँदीकै मूल्यमा गिरावट आएको हो।