कैलालीमा किशोरीलाई सामूहिक बलात्कार गर्ने दुई पक्राउ, २ जना फरार

 संवाददाता    २०८१, १४ माघ सोमबार १४:५६     59 जनाले पढ़िसके



Spread the love

कामठाडौं । कैलालीको जोशीपुर गाउँपालिका–६ बस्ने १५ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जोशीपुर–१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन् । उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले पक्राउ गरेको हो ।

प्रहरी स्रोतका अनुसार बलात्कारमा संलग्न अन्य २ जना भने भारततर्फ भागेका छन् । भारत भाग्नेमा १८ वर्षीय राज कुमार चौधरी र १९ वर्षीय आसिक चौधरी रहेका छन् ।

उनीहरू ४ जनाले किशोरीमाथि गत मंसिर २२ गते सामूहिक बलात्कार भएको तर, खबर ढिलो प्राप्त भएको प्रहरीको भनाइ छ ।

उनीहरू विरूद्ध जबरजस्ती करणी गरेको शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।